Logo

आइतवार, श्रावण २४ गते २०८३

images

बिहीबार सुनको भाउ स्थिर, चाँदीको घट्यो

बिहीबार सुनको भाउ स्थिर, चाँदीको घट्यो

दैनिकी न्यूज

११, आषाढ २०७७
बिहीबार सुनको भाउ स्थिर, चाँदीको घट्यो
images

काठमाडौं । बिहीबार सुनको भाउ स्थिर रहेको छ । बिहीबार सुन प्रति तोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार पनि सुन प्रति तोला ९१ हजार १ सय रुपैयामा कारोबार भएको थियो । यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार ६ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

तर आज चाँदीको भाउ भने घटेको छ । आज चाँदी प्रति तोलमा १० रुपैयाँले घटेर ९३५ रुपैयाँमा कारोबार र्भरहेको छ । बुधबार चाँदी प्रतितोला ९ सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लकडाउन जारी रहेको छ। त्यसबीच सुनचाँदी व्यवसाय पनि चैत ११ गतेदेखि बन्द रहेकोमा गत जेठ २५ गतेबाट खुलेको थियो। त्यसयता लगातार बढिरहेको सुनको भाउ मंगलबार पहिलोपटक घटेको थियो ।

images
प्रकाशित मिति :आषाढ ११, २०७७ बिहिवार - ११:२७:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology