Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कोरोना संक्रमण भएर ललितपुरमा थप एक जनाको मृत्यु

कोरोना संक्रमण भएर ललितपुरमा थप एक जनाको मृत्यु

दैनिकी न्यूज

११, आषाढ २०७७
कोरोना संक्रमण भएर ललितपुरमा थप एक जनाको मृत्यु
images

ललितपुर । कोरोना संक्रमण (कोभिड–१९) बाट ललितपुरमा एक जनाको मृत्यु भएको छ। स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार चितवन जिल्ला रत्ननगर स्थायी घर भई हाल महालक्ष्मी नगरपालिका ५ टीकाथली बस्ने उनको बिहीवार (आज) पाटन अस्पतालमा उपचार कै क्रममा मृत्यु भएको हो। ५० वर्षका ती व्यक्तिमा असार ४ गते कोरोना पुष्टि भएको थियो । उनी मिर्गौला सम्बन्धि रोगबाट पिडित थिए ।

५ महिना अगाडि भक्तपुर हस्पिटलमा उनको मिर्गौला ट्रान्सप्लान्ट गरिएको थियो । असार ४ गते स्वास्थ्यमा समस्या आएपछि उनी नर्भिक हस्पिटल भर्ना भएका थिए । तर, ज्वरो आएको कारण स्वाव संकलन गरेर पिसिआर परिक्षण गराउँदा ती व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टि भएपछि उनको पाटन अस्पतालको आइसोलेसन वार्डमा उपचार हुँदै थियो । ु‘उपचारकै क्रममा निजको मृत्यु भएको हो’ डाक्टर गेलालले भने, ‘उहाँमा अन्य रोगको संक्रमण पनि रहेछ ।’ अस्पतालको भेन्टिलेटर वा आइसियु कहाँ राखिएको उनले खुलाएनन् । निजको शव व्यवस्थापन कार्य नेपाली सेनाले गरिरहेको छ।

यसअघि ललितपुर बुङमतिका ५७ वर्षीय एक पुरुषको पनि कोरोना कै कारण मृत्यु भएको थियो । ती व्यक्तिको ललितपुर इमाडोलमा रहेको किस्ट मेडिकल कलेज, अस्पतालमा उपचारका क्रमम मृत्यु भएको थियो । ललितपुरमा कोरोनाबाट मृत्यु हुने सङ्ख्या २ पुगेको छ । यस्तै ८ जनामा संक्रमण पुष्टि भएको छ । बिहीबार बिहान १८ र ३३ वर्षका दुई जना युवामा संक्रमण पुष्टि भएको थियो ।

images
प्रकाशित मिति :आषाढ ११, २०७७ बिहिवार - १३:४७:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology