Logo

आइतवार, श्रावण २४ गते २०८३

images

कति आवेदन पर्यो एनआइसी एशिया लघुवित्तको आइपीओमा दोस्रो दिनसम्म ?

कति आवेदन पर्यो एनआइसी एशिया लघुवित्तको आइपीओमा दोस्रो दिनसम्म ?

दैनिकी न्यूज

१२, आषाढ २०७७
कति आवेदन पर्यो एनआइसी एशिया लघुवित्तको आइपीओमा दोस्रो दिनसम्म ?
images

काठमाडौं । एनआईसी एशिया लघुवित्त वित्तीय संस्थाले बिक्रीमा ल्याएको आइपीओमा दोस्रो दिनसम्ममा साढे २ गुणा बढी शेयर खरिदको लागि आवेदन परेको छ।

असार ११ गते बेलुका पाँच बजेसम्ममा लघुवित्तको आइपीओमा १ लाख ९८ हजार ८९८ जना आवेदकबाट १ अर्ब ११ करोड ७८ लाख ७२ हजार रुपैयाँ बराबरको १ करोड ११ लाख ७८ हजार ७२० कित्ता शेयर खरिदको लागि आवेदन परेको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ। यो सर्वासाधारणमा निष्काशन गरिएको कुल शेयरको २.५१ गुणा धेरै हो।

लघुवित्तले बुधबारदेखि एक सय रुपैयाँ अंकित दरमा ४७ करोड ५५ लाख रुपैयाँ बराबरको ४७ लाख ५५ हजार कित्ता आईपीओ बिक्री खुल्ला गरेको थियो। कुल निष्काशनमध्ये ०।५ प्रतिशत अर्थात ७४ हजार कित्ता शेयर कर्मचारीको लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात २ लाख ३७ हजार ८०० कित्ता शेयर सामूहिक लगानी कोषको लागि बाँडफाँड गरिएको छ। बाँकी ४४ लाख ४३ हजार २०० कित्ता शेयरमा सर्वसाधारणको लागि बिक्री खुल्ला गरिएको हो।

लघुवित्तले जारी गरेकोे आइपिओमा सर्वसाधारणले कम्तिमा १० कित्ता र बढीमा २ लाख कित्तासम्म शेयर खरिदको लागि आवेदन गर्न सक्ने छन्।

लघुवित्तको आइपीओमा आवेदन दिन चाहनेहरुले छिटोमा असार १४ गतेसम्म आवेदन दिन सक्ने क्यापिटलले जनाएको छ। लघुवित्तको आइपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पुर्ण सिआस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तीनका तोकीएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ। साथै, मेरो शेयर प्रयोगकर्ताले मेरो शेयरमार्फत पनि आवेदन गर्न सक्नेछन्।

images
प्रकाशित मिति :आषाढ १२, २०७७ शुक्रवार - ०६:२९:५३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology