Logo

सोमवार, श्रावण २५ गते २०८३

images

चट्याङले भारतमा १०७ को मृत्यु

चट्याङले भारतमा १०७ को मृत्यु

दैनिकी न्यूज

१२, आषाढ २०७७
चट्याङले भारतमा १०७ को मृत्यु
images

काठमाडौं । भारतमा चट्याङले लागेर एकैदिन १ सय ७ जनाको मृत्यु भएको छ।

बीबीसीका अनुसार वर्षासँगै परेको चट्याङले लाग्दा बिहारमा कम्तीमा ८३ र उत्तर प्रदेशमा २४ जनाको मृत्यु भएको हो। घटना बिहीबारको हो।

क्षतिको विवरण संकलन जारी नै रहेकाले मृत्यु हुनेको संख्या बढ्न सक्ने बिहारको विपद् प्रबन्ध विभागका मुख्य सचिव प्रत्यय अमृतले बताएका छन्।

बीबीसीसँग उनले भनेका छन्, ‘अन्य सबै जिल्लामा भएका क्षतिबारे विवरण संकलन जारी छ। कुनै जिल्लामा धेरै चट्याङ परेका थिए। यसैकारण क्षति अझै भएको हुन सक्छ।’

पटनास्थित मौसम विज्ञान केन्द्रले आगामी तीन दिन अझै भारी वर्षाको सम्भावना रहेकाले सतर्क रहन चेतावनी जारी गरेको छ। जसले गर्दा अझै चट्याङ पर्ने सम्भावना देखिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

images
प्रकाशित मिति :आषाढ १२, २०७७ शुक्रवार - ०७:४३:३५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology