Logo

सोमवार, श्रावण २५ गते २०८३

images

जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

दैनिकी न्यूज

१२, आषाढ २०७७
जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ
images

दाङ । तुलसीपुर उपमहानगरपालिका वडा नं. ६ हात्तिखवा बस्ने गोमा कडेंलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही उपमहानगरपालिका(९ बस्ने ३२ वर्षीय अब्दुल रजिमन लगायत ४ जनालाई नगद ८५ हजार ४५ रुपैयाँ र ३ गड्डी तास सहित बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कडेंलको घरमा जुवातास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद तथा तास सहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ १२, २०७७ शुक्रवार - १३:४६:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology