रौतहट । रौतहटमा कोरोना संक्रमित (कोडिभ–१९) को संख्या ११ सय १५ पुगेको छ । जिल्ला प्रशासन कार्यालय रौतहटले शुक्रबार कोरोना भाइरस सम्वन्धि दैनिक प्रतिवेदनमा संक्रमितको संख्या १ हजार १ सय १५ पुगेको उल्लेख गरेको छ ।
जिल्ला प्रशासन कार्यालय रौतहटका अनुसार ९५ महिला र ७ सय ३५ पुरुष गरी ८ सय ३० जना क्वारेन्टिनमा बसेको र १० हजार ९ सय ५७ जना क्वारेन्टिनबाट फिर्ता भएको जनाएको छ ।
जिल्लामा ४ सय ७० आईसोलेशन बेड रहेकोमा २८ महिला र ३ सय ७२ जना पुरुष बसेका छन् भने आईसोलेशनबाट ७ सय १५ जना फिर्ता भएको जिल्ला प्रशासन कार्यालय रौतहटका प्रशासकिय अधिकृत किरणनिधि तिवारीले जानकारी दिए ।
१२ हजार ८ सय ७ जनाको स्वाब संकलन गरिएकोमा १० हजार ३ सय ३९ जनाको रिपोट नेगेटिभ र १ हजार १ सय १५ जनाको पोजेटिभ रहेको अझै १ हजार ३ सय ४३ जनाको रिपोर्ट आँउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
