Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौंका ३ जना सहित विभिन्न जिल्लामा थपिए ५९३ संक्रमित

काठमाडौंका ३ जना सहित विभिन्न जिल्लामा थपिए ५९३ संक्रमित

दैनिकी न्यूज

१२, आषाढ २०७७
काठमाडौंका ३ जना सहित विभिन्न जिल्लामा थपिए ५९३ संक्रमित
images

काठमाडौं । पछिल्लो २४ घण्टामा ६ हजार ५ सय ३४ नमुनाको पीसीआर टेस्ट गर्दा ५९३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार शुक्रबार मात्र ५९३ जना (पुरुष ४८६ जना र महिला १०७ जना) मा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११ हजार ७ सय ५५ पुगेको हो, जसमा १० हजार ५०६ जना पुरुष र १ हजार २ सय ४९ जना महिला रहेका छन् ।

आज काठमाडौंका ३ जना पुरुषमा कोरोना पोजिटिभ देखिएको छ ।

मन्त्रालयका अनुसार शुक्रबार देशभर ७१ हजार १२ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ९ हजार ३० जना आइसोलेसनमा उपचाररत रहेका छन् । हालसम्म पिपिआरबाट २ लाख ६ हजार २७१ जना र आरडिटी विधिबाट २ लाख ९० हजार ३४९ जनाको परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टामा ४८ जना डिस्चार्ज भएका छन् । २४ घण्टामा डिस्चार्ज हुनेमध्ये ४० पुरुष र ८ महिला छन् । प्रवक्ता गौतमका अनुसार योसँगै डिस्चार्ज हुनेको संख्या २६ सय ९८ पुगेको छ, जसमा पुरुष २ हजार ४ हजार ७४ जना र महिला २२४ जना रहेका छन् ।

हालसम्म रसुवा बाहेक ७६ जिल्लामा संक्रमण फैलिएको छ । असार ११ गते २५/३० वर्षको उमेरको महिलाको मृत्यू भएको थियो । उनी बाटोमा अचेत अवस्थामा थिए । उनको स्वाब संकलन गरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चेकजाँच गराउदा कोरोना पुष्टि भएको हो । उनको नाम ठेगाना खुलेको छैन ।यसअघि कोरोना कोरोना भाइरस संक्रमणबाट २६ जनाको मृत्यू भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार थप १० अस्पताललाई कोभिड–१९ को पीसीआर नमूना परीक्षणको अनुमति दिएको छ । यसअघि सातै प्रदेशका २३ अस्पतालमा आरटी पीसीआर विधिबाट स्वाब परीक्षण प्रयोगशाला सञ्चालन भइरहेका थिए । आज थपिएका प्रयोगशालाहरुमा मेची अस्पताल, डडेलधुरा अस्पताल, दैलेख अस्पताल, राष्ट्रिय आर्युवेद अनुसन्धान तथा तालिम केन्द्र, सशस्त्र प्रहरी अस्पताल, पाल्पा अस्पताल, धौलागिरी अस्पताल, धनकुटा अस्पताल, वीरेन्द्र प्रहरी अस्पताल र नेपाली सेना अस्पताल रहेका छन् ।

images
प्रकाशित मिति :आषाढ १२, २०७७ शुक्रवार - १६:२६:२९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology