Logo

सोमवार, श्रावण २५ गते २०८३

images

नेकपा स्थायी समिती बैठकमा कसले के भन्यो !

नेकपा स्थायी समिती बैठकमा कसले के भन्यो !

दैनिकी न्यूज

१२, आषाढ २०७७
नेकपा स्थायी समिती बैठकमा कसले के भन्यो !
images

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको आज दोस्रो दिनको बैठकमा १८ जना सदस्यहरूले नेपालको सीमा समस्या र समाधानका बारेमा आ–आफ्नो धारणा राखेका छन् ।

बैठकको शुरूमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले कालापानी, लिपुलेक र लिम्पियाधुराको अतिक्रमित भूमि फिर्ता गर्न सरकारले पहल गरिरहेको, तर भारतले वार्ताको सकारात्मक तत्परता नदेखाइरहेको जानकारी गराउँदै कूटनीतिक पहलद्वारा नै समस्याको समाधान गरिने उल्लेख गरे । उनले चीनद्वारा नेपाली भूमि अतिक्रमण भएको भन्ने झूठो, नियोजित र भ्रामक प्रचारमा कुनै सत्यता नभएको र चीनसँग सीमाको सम्बन्धमा कुनै समस्या नरहेको पनि स्पष्ट गरे ।

बैठकमा लीलामणि पोखरेल,मातृका यादव, देव गुरूङ, गोकर्ण विष्ट, शंकर पोखरेल, पम्फा भुसाल, छविलाल विश्वकर्मा, बेदुराम भुसाल, रघुवीर महासेठ, अमृतकुमार बोहरा, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, केशव बडाल, गणेश साह, मुकुन्द न्यौपाने र नारयणकाजी बोलेका थिए ।

बैठकमा महासचिव विष्णुप्रसाद पौडेलले पार्टी अध्यक्ष तथा सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली कार्यव्यस्तताका कारण आजको बैठकमा आफू उपस्थित नहुने र बैठक सुचारूरूपमा संचालन गर्न भनेको जानकारी गराएका थिए । स्थायी कमिटीको अर्को बैठक भोलि ११ बजे बस्नेछ ।

images
प्रकाशित मिति :आषाढ १२, २०७७ शुक्रवार - २१:५४:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology