Logo

सोमवार, श्रावण २५ गते २०८३

images

सहर बजारमा भिडभाड बढ्यो, सुरक्षा विधि पालना नगरे भयावह हुन सक्ने

सहर बजारमा भिडभाड बढ्यो, सुरक्षा विधि पालना नगरे भयावह हुन सक्ने

दैनिकी न्यूज

१३, आषाढ २०७७
सहर बजारमा भिडभाड बढ्यो, सुरक्षा विधि पालना नगरे भयावह हुन सक्ने
images

काठमाडौं । बन्दाबन्दी (लकडाउन) खुकुलो भएसँगै सहर बजारमा विभिन्न बहानामा भिडभाड हुने क्रम बढेको छ । सडक, सपिङ मल, होटल, रेस्टुरेन्ट र ससाना भट्टीमा समेत अनियन्त्रित रूपमा भिडभाड बढ्न थालेपछि कोरोना संक्रमण दर बढ्न सक्ने चिकित्सकले बताएका छन् ।

भिडभाडमा भौतिक दूरी र सुरक्षाका विधिसमेत अवलम्बन नगरिँदा कोरोनाको संक्रमण भयावह हुन सक्ने भन्दै सावधानी अपनाउन चिकित्सकले सल्लाह दिएका छन् । व्यक्ति व्यक्तिबीच भौतिक दूरी कायम हुन नसक्दा कोरोना भाइरसको जोखिम बढ्ने सम्भावना देखिएको छ । बिस्तारै देशैभर बजार क्षेत्र पुरानै अवस्थामा फर्किन थालेको छ । ठेलमठेल गरेर हिँड्न थालिएको छ । काठमाडौं उपत्यकालगायत देशभरका सहरी क्षेत्रमा कोरोना संक्रमण समुदायमा फैलन सक्ने भयसमेत बढेर गएको छ ।

सरकारी कार्यालय, उद्योगधन्दा, ठूला तथा साना पसल, निर्माण क्षेत्र, बैंक तथा वित्तीय संस्थालगायत खोलिएको छ । हरेक दिनजसो दूरी नै कायम नभई आन्दोलनसमेत हुने गरेको छ । लकडाउन खुकुलो हुँदै गएपछि भौतिक दूरी कायमको कार्यान्वयनमा समस्या देखिएको छ । सरकारले पनि कडाइ गर्न सकेको छैन भने नागरिकस्तरबाट लापारवाही गर्न थालिएको छ ।

चिकित्सकले भौतिक दूरी कायम गर्दै आफ्ना गतिविधि अगाडि बढाउन आग्रह गरे पनि पूर्णतः कार्यान्वयनमा आउन सकेको छैन । व्यवस्थित तरिकाले मास्क लगाउँदा संक्रमणको दर घटेको विभिन्न अध्ययनले देखाएको छ । तर, अहिले पनि सहर बजारमा कतिपय व्यक्ति मास्कविनै हिँडडुल गरिरहेका छन् ।

सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले भौतिक दूरी कायम नहुँदा जोखिमको सम्भावना बढी रहने बताए । उनले भने, ‘सार्वजनिक स्थलमा जाँदा व्यवस्थित तरिकाले मास्क नलगाउँदा जोखिम हुने सम्भावना रहन्छ । बाहिर हिँड्दा हात नाक र मुखमा लैजानुहुँदैन ।’ कार्यस्थलमा काम गर्दा भौतिक दूरी कायम गरेर बस्ने र कम कर्मचारीमार्फत काम गर्दा जोखिम कम हुने डा। पुनले बताए । विज्ञहरू कार्यस्थलमा जमघट नगर्ने, भौतिक दूरी कायम गरेर कुराकानी गर्नुपर्ने बताउँछन् ।

राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन् ।

images
प्रकाशित मिति :आषाढ १३, २०७७ शनिवार - ०६:४५:३३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology