Logo

सोमवार, श्रावण २५ गते २०८३

images

गण्डकी प्रदेशमा थपिए ३२ कोरोना संक्रमित

गण्डकी प्रदेशमा थपिए ३२ कोरोना संक्रमित

दैनिकी न्यूज

१३, आषाढ २०७७
गण्डकी प्रदेशमा थपिए ३२ कोरोना संक्रमित
images

काठमाडौं । गण्डकी प्रदेशमा शनिबार बिहान ३२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टी भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान प्रकाशित गरेको विज्ञप्ति अनुसार नयाँ संक्रमित हुनेमा स्याङ्जाका २२ जना, बाग्लुङका ८ जना र नवलपरासी (पुर्व) का २ जना रहेका छन् ।

निर्देशनालयका अनुसार पोखरा स्थिति प्रदेश क्षयरोग केन्द्र पोखराको प्रयोगशालामा परीक्षण गरिएका स्याङ्जा अर्जुनचौपारी गाउँपालिकाका १३ पुरुष र ६ महिला, बागलुङको काठेखोला गाउँपालिकाका ७ पुरुष, ढोरपाटन नगरपालिकाका १ पुरुष, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठा दाङको प्रयोगशालमा परीक्षण गरिएका स्याङ्जाको वालिङ नगरपालिकाका एक पुरुष, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको प्रयोगशालामा परीक्षण गरिएका नवलपसारी हुप्सेकोट गाउँपालिकाका दुई जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको थियो ।

निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माकाअनुसार स्याङ्जाको वालिङ नगरपालिकाका पुरुषमा बुधबार र नवलपरासीका २ जनामा शुक्रबारनै संक्रमण पुष्टी भई आइसोलेसनमा राखिसकिएको र अन्य संक्रमितलाई आइसोलेसनमा ल्याउने कार्य सुरु भएको छ ।

images
प्रकाशित मिति :आषाढ १३, २०७७ शनिवार - ०८:१४:१६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology