Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोनाबाट गोदावरी नगरपालिकाका ५० वर्षीया पुरुषको मृत्यु

कोरोनाबाट गोदावरी नगरपालिकाका ५० वर्षीया पुरुषको मृत्यु

दैनिकी न्यूज

१३, आषाढ २०७७
कोरोनाबाट गोदावरी नगरपालिकाका ५० वर्षीया पुरुषको मृत्यु
images

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार शनिबार बिहान कैलालीको गोदावरी नगरपालिका–७ घर भइ चितवनमा उपचार गराइरहेका ५० वर्षीय पुरुषको मृत्यु भएको हो ।

फोक्सोको क्यान्सरबाट पीडित पुरुष भारतमा उपचार गराएर नेपाल आएका हुन्। उनको चितवन मेडिकल कलेजमा उपचार भइराखेको थियो। असार ११ गते कोरोना परीक्षण गर्दा उनको पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो।

उनको उपचारकै क्रममा शनिबार बिहान अस्पतालको आइसोलेसनमा मृत्यु भएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए। उनको शव नेपाली सेनाको विशेष टोलीले व्यवस्थापनको तयारी गरिरहेको छ। योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ६०६ जनामा पिसीआर परीक्षणमा ५५४ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । शनिबार थपिनेमा १ सय २० महिला र ४ सय ३४ पुरुष गरी ५ सय ५४ जना छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ३ सय ९ पुगेको छ । जसमा १० हजार ९४० पुरुष र १ हजार ३६९ महिला रहेका छन् ।

आज थपिएका संक्रमितहरुमा उदयपुरका ७, इलामका ५ , मोरङ २ , धनुषाका ३ , महोत्तरीका ३० , पर्साका २, अछामका १३ , अर्घाखाँचीका १८ , बैतडीका २६, बझाङका ८ , बाजुराका ८६ , बाराका ८ , डडेलधुराका ८, डोटीका ७३, धादिङका ३ , गुल्मीका ८, जाजरकोटका १ , कैलालीका १४, कञ्चनपुरका ५, कपिलवस्तुका ८ , पर्साका १, रसुवाका ९, रौटहटका ३४, सल्यानका १३ , सर्लाहीका ६ र स्याङ्जाका २६ जना छन् ।

त्यसैगरी, चितवनका २ , नुवाकोटका ६ , मकवानपुरका २, बाराका ४ , पाँचथरका १ , काठमाडौँका ४, भक्तपुरका १ , नवलपरासी पूर्वका २, बाग्लुङका ८, पाल्पाका २६ , प्युठानका ४९, रुपन्देहीका ८ , बाँकेका २ , बर्दियाका ४ , दाङका ३१, रोल्पाका १ र सुर्खेतका ७ जना रहेका छन् ।

मन्त्रालयका अनुसार शनिबार देशभर ६५ हजार ७१२ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ९ हजार ४ सय ४७ जना आइसोलेसनमा उपचाररत रहेका छन् । हालसम्म पिपिआरबाट २ लाख १० हजार ८७६ जना र आरडिटी विधिबाट २ लाख ९४ हजार ३४ जनाको परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टाका अवधिमा १८ महिलासहित १३६ जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् । जसमा ११८ जना पुरुष रहेका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या २ हजार ८३४ पुगेको छ । जसमा २४२ जना महिला रहेका छन् भने २ हजार ५९२ जना पुरुष रहेका छन् ।

images
प्रकाशित मिति :आषाढ १३, २०७७ शनिवार - १८:२१:५१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology