Logo

सोमवार, श्रावण २५ गते २०८३

images

वर्षासँगै विपद्को जोखिम बढ्दो, सतर्क रहन आग्रह

वर्षासँगै विपद्को जोखिम बढ्दो, सतर्क रहन आग्रह

दैनिकी न्यूज

१४, आषाढ २०७७
वर्षासँगै विपद्को जोखिम बढ्दो, सतर्क रहन आग्रह
images

काठमाडौं । मनसुन सक्रिय रहेकाले यतिबेला नेपालमा बाढी, पहिरो र डुबानको जोखिम बढ्दो अवस्थामा छ । बाढी तथा विपद् व्यवस्थापन गर्न सरकार र सम्बन्धित निकायले पूर्वसूचना र पूर्वतयारीका कार्य थालिसके । पहिरो रोकथाम गर्न यस वर्ष पनि गतिलो पहल हुन सकेको छैन ।

अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारी चलिरहेको बेला नारायणगढ मुग्लिनसँगै पाल्पाकै सडकमा पहिरो खस्यो भने स्वाब सङ्कलन र परीक्षणमै असर पर्ने अवस्था छ । यसले जनस्वास्थ्यमै खेलवाड हुनसक्ने भएकाले पहिरो रोकथामको पूर्वतयारी बलियो हुनुपर्नेमा विज्ञको जोड छ । अझ बाढी र मौसमको पूर्वानुमान सुचारु रहे पनि पहिरोको पूर्वानुमान र पूर्वसूचना दिन नसक्दा बर्सेनि धेरैले ज्यान गुमाइरहेका छन् ।

विकासको गलत अवधारणा र सस्तो लोकप्रियता कमाउन पहाड छियाछिया पार्नु नै पछिल्लो समय पहिरो धेरै जानुको मुख्य कारक रहेको भूगर्भविद् तथा विपद्विज्ञ कृष्ण देवकोटा बताउँछन् ।

उनले यो गाउँमा मैले सडक लिएर आएँ भनेर मख्ख पार्दा उनै गाउँका बासिन्दाको त्यही खनेको पहाडमा परेर ज्यान गइरहेको अवस्था छ भन्नुभयो । अझ पहिरो रोकथाममा हुने गरेका थामथुमे प्रवृत्तिले त्यसको दिगो समाधान नदिने तर्क उहाँ गर्नुहुन्छ । नारायणगढ मुग्लिन सडकका पहिरोका बारेमा गहन अध्ययन गरेका उनले हालै त्यहाँका केही डाँडामा तारजालीले छेक्न गरिएको प्रयासलाई उनी सही मान्दैनन् । विगतमा निकै दुःख दिएको नारायणगढ मुग्लिन सडक खण्डकै कृष्णभीरको पहिरो समाधान गर्न उनले निकै कसरत गर्नुप¥यो ।

तारजाली, सिमेन्ट, रोडा र कुनै पनि छेकबारले थेग्न नसकेको त्यो पहिरो प्रकृतिमैत्री रूपमा समाधान गरिएपछि १२ वर्षदेखि त्यति दुःख नदिएको अवस्था छ । त्यसताका धेरै नमुना अध्ययन गरेर समाधान निकालिएको थियो । अहिले पनि मर्मत सम्भारको अभावमा धेरथोर माटो बग्न थालेको छ ।

देवकोटाका अनुसार पछिल्लो समय चुरे पर्वतका पहाड सक्रिय रहेको अवस्था छ । पहाड बन्ने प्रक्रियाको चरणमै चुरे रहेको छ । नेपालका अन्यत्रभन्दा तुलनात्मक रूपमा कमजोर र कान्छो पहाड मानिन्छ ।

त्यस पहाडको मुनितिर जथाभावी ढुङ्गामाटो र वन सम्पदाको दोहन हुँदा बनिनसकेको पहाड पहिरो बनेर खसिरहेको छ । देवकोटाले नेपालको मात्र होइन, हिन्दकुश हिमालयको रेन्ज, पामिरको नटदेखि म्यान्मारसम्म पुग्ने त्यो हिमशृङ्खला नै भौगर्भिक रूपमा तुलनात्मक रूपमा कमजोर मानिन्छ भनेर थपे ।

पालमा विपद्मैत्री विकासको मोडल नभएकाले पहाड पखेरा ध्वस्त भइरहेका छन् । कम अभ्यास रहेको विपद्मैत्री विकासको अवधारणा राज्यका हरेक संरचनामा प्रयोग गर्नुपर्नेमा उहाँ जोड दिनुहुन्छ । हाम्रो जस्तै भूबनोट भएको जापान त्यहाँ पहिरो जाँदैन । बारम्बार भुइँचालोले खुकुलो बनाए पनि निश्चित ढाँचामा रहेर जापानले बिना पहिरो विकास गरिरहेको देवकोटाले बताए।

नेपालमा पहिरोको पूर्वानुमानको विषयमा कसैले परियोजनाका रूपमा आएको बाहेक पहिरोको पूर्वानुमान भएको छैन । अलिक बढी लगानी र अध्ययन गरे पहिरोको पूर्वानुमान गर्न सकिने औँल्याइएको छ । भौगोलिक विविधतापूर्ण नेपालको हरेक पहाडको फरक अध्ययन गर्नु आवश्यक छ । जापान, स्विजरल्यान्ड, दक्षिण कोरिया, नर्वे, अमेरिका, चीन लगायतका देशमा पहिरोको पूर्वानुमान गरिन्छ । गोरखापत्र दैनिकबाट

images
प्रकाशित मिति :आषाढ १४, २०७७ आइतवार - ०७:४३:२१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology