काठमाडौं । आजबाट २ वटा कम्पनीको हकप्रद बिक्रि खुला भएको छ । हकप्रद निष्काशन गर्ने कम्पनीमा शिखर इन्स्योरेन्स कम्पनी लिमिटेड र गुराँस लाइफ इन्स्योरेन्स रहेका छन् ।
शिखरको हकप्रद शेयर असार १४ गतेदेखि विक्री खुला हुने भएको छ ।यस अघि चैत १३ गतेदेखि विक्री खुला गर्ने भनिएकोमा लकडाउनका कारण स्थगित भएको थियो । हाल देशमा लकडाउनको अवस्था सामान्य भएकाले कम्पनीले हकप्रद शेयर निष्कासन गर्न लागेको हो ।उक्त कम्पनीले हाल कायम चुक्तापूँजीको आधारमा ३० प्रतिशतका दरले ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । यो हकप्रद शेयरमा साउन ४ गतेसम्म आवेदन दिन सकिनेछ ।प्राथमिक बजार पूर्ण अनलाईन भइसकेको अवस्थामा आवेदकहरुले मेरो शेयर एप मार्फत आवेदन दिन सक्नेछन् ।साथै एनआईबिएल एस क्यापिटल लिमिटेड लाजिम्पाट, काठमाडौं तथा शाखा कार्यालयहरु काठमाडौंको पुतलीसडक, ललितपुरको लगनखेल, पोखराको चिप्लेढुङ्गा बीरगञ्जको आदर्शनगर, बुटवलको ट्राफिकचोक र विराटनगरको गोल्छाचोकसँगै उक्त कम्पनीको थापाथलीको केन्द्रीय कार्यालयसहित सम्पूर्ण शाखा कार्यालय मार्फत आवेदन दिन सकिनेछ ।सार्वजनिक निष्कासनमा आस्वा अनिवार्य गरिएकाले यो सेवामा सहभागी सम्पूर्ण बैंक तथा वित्तीय संस्थाबाट पनि आवेदन दिन सकिने व्यवस्था छ । हाल कम्पनीको चुक्तापूँजी रू। १ अर्ब ५ करोड ७३ लाख १० हजार रहेको छ ।
त्यस्तै गुराँस लाइफले चैत २० गते देखि हकप्रद बिक्रि खुला गर्ने तय गरेको थियो । असार १४ गतेदेखि गुँरास लाइफ इन्स्योरेन्सले हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले यस अघि चैत २० गतेदेखि हकप्रद निष्काशन गर्ने जनाएकोमा बन्दाबन्दीको कारण हकप्रद बिकी स्थगित भएको थियो ।कम्पनीले लकडाउन खुकोलो भएसँगै असार १४ गतेदेखि साउन ४ गतेसम्म हकप्रद बिक्रि गर्ने जनाएको हो । हकप्रद निष्काशनको लागि एनएमबि क्यापिटल बिकी प्रबन्धक रहेको छ ।कम्पनीले हकप्रद बिक्रिको लागि फागुन २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ । फागुन २१ गतेसम्म कायम सेयरधनीहरुले हकप्रदमा आवेदन दिन पाउनेछन् ।कम्पनीले हाल कायम चुक्तापूँजीको ९३ करोड ८५ लाख २० हजार रुपैयाँको आधारमा शतप्रतिशत हकप्रद शेयर जारी गर्न लागेको हो । हकप्रद पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब ८७ करोड ७० लाख ४० हजार रुपैयाँ पुग्नेछ । बीमा समितिले तोेके बमोजिम २ अर्ब रुपैयाँ चुक्तापूँजी हकप्रद पश्चात पनि कायम नहुने भएको छ ।