Logo

आइतवार, श्रावण २४ गते २०८३

images

आइतबार ह्वात्तै बढ्यो सुनको भाउ, बनायो ऐतिहासिक रेकर्ड

आइतबार ह्वात्तै बढ्यो सुनको भाउ, बनायो ऐतिहासिक रेकर्ड

दैनिकी न्यूज

१४, आषाढ २०७७
आइतबार ह्वात्तै बढ्यो सुनको भाउ, बनायो ऐतिहासिक रेकर्ड
images

काठमाडौँ । आइतबार सुनको भाउ बढेको छ । आज तोलामा ७ सय रुपैयाले बढेर ९१ हजार ३ सय रुपैयामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ, जुन हालसम्मकै उच्च भाउ हो । यसअघि बुधबार र बिहीबार सुन प्रति तोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै शुक्रबार सुन प्रति तोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आइतबार तेजाबी सुन प्रति तोला ९० हजार ८ सय ६० रुपैइामा कारोबार भैरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी प्रति तोलमा ५ रुपैयाँले बढेर ९४५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला ९ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

3-14.PNG

कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखि लकडाउन जारी रहेको छ । त्यसबीच सुनचाँदी व्यवसाय पनि चैत ११ गतेदेखि बन्द रहेकोमा गत जेठ २५ गतेबाट खुलेको थियो । त्यसयता लगातार बढिरहेको सुनको भाउ बढिरहेको छ ।

कोरोना महामारीका कारण अन्य व्यापारव्यवसाय ओरालो लाग्न थालेपछि कारोबारहीहरुले सुरक्षित लगानीका रुपमा सुनमा पैसा खन्याइरहेका छन्। जसका कारण विश्व बजारमा सुनको भाउ उकालो लागेको छ। यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा पनि परेको हो।

सुनको भाउ बढेसँगै बजारमा किन्नेभन्दा बेच्ने ग्राहकको संख्या ह्वात्तै बढेको छ। जसका कारण सुन कारोबार प्रभावित बन्न पुगेको छ।

images
प्रकाशित मिति :आषाढ १४, २०७७ आइतवार - १०:५८:४४ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology