काठमाडौं । सवारी दुर्घटनामा परी ३ जनाको मृत्यू भएको छ ।
बैतडी, पाटन नगरपालिका–८ खोड्पेस्थित सडकमा ना ६ ख ४४५० नम्बरको ट्रक सडकबाट करिब ६ सय मिटर तल खसेर शनिबार साँझ दुर्घटना हुँदा ट्रकका सह(चालक डोटी जोराईल गाउँपालिका(२ बस्ने २० वर्षीय भुवन सुब्बाको घट्नास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएको ट्रक चालक कैलाली मालाखेती(६ बस्ने ३३ वर्षीय लब कुमार तामाङलाई उपचारको लागि डडेलधुरा अस्पताल लगिएको छ ।
बारा, परवानीपुर गाउँपालिका(३ परवानीपुरस्थित सडकमा हाल नम्बर नखुलेको टिपरको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने १६ वर्षीय राजकिशोर साह रौनियारको शनिबार साँझ मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि नारायणी अस्पताल वीरगंजतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । घटनामा संलग्न शंकास्पद २ वटा टिपरलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
रुपन्देही, तिलोत्तमा नगरपालिका–१ ड्राईभरटोलस्थित सडकमा बा ७ च ६९५९ नम्बरको कार अनियन्त्रित भई सडकको रेलिङमा ठोक्किएर शनिबार राति दुर्घटना हुँदा गम्भीर घाइते भएका कार चालक सोही नगरपालिका(६ बस्ने २८ वर्षीय कृष्णबाबु पाण्डेको चौराह अस्पताल कालिका नगरमा उपचारको क्रममा मृत्यु भएको छ ।