ललितपुर । ललितपुरको गोदावरी नगरपालिका वडा नं. १४ ठैव, दमाईटार स्थित मकैबारीमा ललितपुर महानगरपालिका वडा नं. २९ हरिसिद्धी बस्ने मकवानपुर भिमफेदी घर भएका ६५ वर्षीया रुपा तिमल्सिना शनिबार दिउँसो मृत अवस्थामा फेला परेकी छिन् ।
शनिबार नै पोष्ट मार्टमको लागि पाटन हस्पिटल लगिएको महानगरीय प्रहरी वृत्त सातदोबाटोका डीएसपी मित्रबन्धु शर्माले जानकारी दिए । पोष्ट मार्टमको रिपोर्ट नआइकन के कति कारणले मृत्यू भएको हो यकिन भन्न नसकिने उनको भनाई छ । उनले भने, ‘मृतकको शरीरमा कुनै घाउ चोट पटक केही देखिदैछ ।’ यसबारे थप अनुसन्धान भैरहेको उनले बताए ।