काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ९६२ जनामा पिसीआर परीक्षणमा ४६३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । शनिबार थपिनेमा १ सय ५ महिला र ३ सय ५८ पुरुष गरी ४ सय ६३ जना छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ । जसमा ११ हजार २९८ पुरुष र १ हजार ४७४ महिला रहेका छन् ।
आज थपिएका संक्रमितहरुमा मोरङका १७ जना, झापाका २ जना, उदयपुरका ६ जना, इलामका १ जना, सुनसरीका १ जना, धनुषाका १० जना, महोत्तरीका ५६ जना, डडेलधुराका १ जना, अर्घाखाँचीका ६ जना, दार्चुलाका १ जना, दोलखाका २ जना, गोरखाका १ जना, गुल्मीका ३८ जना, खोटाङका ४ जना, रौतहटका १७ जना रहेका छन् ।
त्यस्तै सर्लाहीका १ जना, सिन्धुलीका १ जना, कपिलवस्तुका ८ जना, धादिङका १ जना, ललितपुरका १ जना, बाजुराका ९५ जना, कास्कीका ५ जना, नवलपरासी पूर्वका ३१ जना, बागलुङका २९ जना, पर्वतका २ जना, सल्यानका २ जना, तनहुँका ६ जना, लमजुङका १ जना, म्याग्दीका २ जना, पाल्पाका २ जना, प्यूठानका ३५ जना, रुपन्देहीका १२ जना, दाङका ३४ जना, रोल्पाका १ जना,रुकूम पश्चिमका १ जना, कैलालीका १७ जनाा र डोटीका १३ जना रहेका छन् ।
मन्त्रालयका अनुसार शनिबार देशभर ६१ हजार ७३१ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ९ हजार ७ सय ३१ जना आइसोलेसनमा उपचाररत रहेका छन् । हालसम्म पिपिआरबाट २ लाख १५ हजार ८३८ जना र आरडिटी विधिबाट २ लाख ९६ हजार ७६६ जनाको परीक्षण गरिएको छ । आज पिसिआर ४ हजार ९६२ र आरडिटी २ हजार ७३२ जनाको परीक्षण गरिएको छ ।
पछिल्लो २४ घण्टाका अवधिमा पुरुष १६६ र १३ महिलासहित ११८९ जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ३ हजार १३ जना पुगेको छ । जसमा २५५ जना महिला रहेका छन् भने २ हजार ७५८ जना पुरुष रहेका छन् ।
नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । आजसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ पुगेको छ ।