ललितपुर । आइतबार ललितपुरमा भेटिएकी कोरोनाको संक्रमित १४ वर्षिय बालिका भएको खुल्न आएको छ । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार बागमती गाउँपालिका वडा नं. ४ प्युटार, खयरघारी घर भएकी ती बालिका १४ वर्षकी छिन् ।
राष्ट्रिय जनस्वास्थ्य जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको डा. गेलालले जानकारी दिए । उनी अहिले जनस्वस्थ्यको आइसोलेसनमा भर्ना भएकी छिन । कन्ट्राक टे«सिङको कार्यभैरहेको गेलालको भनाई छ ।
गत असार ७ गते ती बालिकालाई ज्वरो आई प्युटार स्वास्थ्य चौकीमा चेक जाँच गरेकी थिइन । स्वास्थ्य चौकीले थप उपचार गर्न पाटन हस्पिटलमा रिफर गरेको थियो । पाटनमा स्वाब संकलन गरी परीक्षण गर्दा पोजिटिभ देखिएको हो । कोरोना पोजिटिभ देखिए पनि ती बालिकाको स्वास्थ्य अवस्था सामान्य छ ।