Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेप्सेमा लाग्यो सर्किट ब्रेक, बजार २० मिनेटको लागि बन्द

नेप्सेमा लाग्यो सर्किट ब्रेक, बजार २० मिनेटको लागि बन्द

दैनिकी न्यूज

१५, आषाढ २०७७
नेप्सेमा लाग्यो सर्किट ब्रेक, बजार २० मिनेटको लागि बन्द
images

काठमाडौं । लामो समयपछि असार १५ गते खुलेको बजारमा पहिलो सर्किट ब्रेक लागेको छ।

बजार खुलेको ४० मिनेटमा नै नेप्से परिसूचक ४ प्रतिशत घटेपछि कारोबार २० मिनेटको लागि स्थगन गरिएको छ।

कारोबारको सुरुवाती ४० मिनेटमा नेप्से परिसूचक ४८.१७ अंकले घटेर १ हजार १५३.१७ अंकमा झरेको छ।

यस अवधिमा ६९ कम्पनीका १ लाख ८२ हजार ५४७ कित्ताशेयर ८ करोड ४२ लाख ७५ हजार रुपैयाँमा खरीद बिक्री भएका छन्। कारोबारमा आएका ११ वटै उप समूहका परिसूचक घटेका छन् ।

images
प्रकाशित मिति :आषाढ १५, २०७७ सोमवार - ११:५४:१२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology