काठमाडौं । काठमाडौं उपत्यकाका मुख्य चोकहरुमा यतिबेला सवारी साधनले ट्राफिक व्यवस्थापनको क्रममा केही समय रोकिनु पर्ने अवस्था रहेको छ । बिषेश गरि थापाथली, त्रिपुरेश्वर, चावहिल, कोटेश्वर लगायतका स्थानमा रोकिनु पर्ने अवस्था रहेको हो ।
उता दक्षिणकाली– सिस्नेरी हुदै चल्ने सवारी साधन पुर्ण रुपमा प्रभावित भएको छ । सडक विस्तारको काम भईरहेकाले सवारी आवागमन प्रभावित भएको हो । उक्त स्थान हुदै संचालन हुने सवारी साधनलाई हुमाने–फाखेल हुदै खानीखोलाबाट संचालनमा ल्याइएको छ ।
यसैबिच आज बिजोर गतेका दिन चलाइएका जोर नम्बरका ५८६ ओटा सवारी साधनलाई काठमाडौँ उपत्यकाका बिभिन्न स्थानबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । जसमध्ये ४ सय २८ ओटा दुई पाङ्ग्रे र अन्य १५८ पांग्रे सवारी साधन भने एउटा रहेका छन् ।
त्यसैगरी अनुमतिबिना चलाइएका ७८ ओटा ट्याक्सीलाई पनि ट्राफिक प्रहरीले आजै होल्ड गरेको छ । बिजोर गतेका दिन बिजोर नम्बरका र जोर गते जोर नम्बरका निजी सवारी साधन चलाउन महानगरीय ट्राफिक प्रहरी महाशाखाले चालकलाई आग्रह गरेको छ ।