काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको पहिलो दिनको कारोबारमै शेयर मूल्य नेगेटिभ सर्किट ब्रेक लागेको छ ।
उक्त कम्पनीको शेयर मूल्य ९ दशमलव ९१ प्रतिशत घटेको हो । कारोबार भएको ४० मिनेटमा कम्पनीको शेयर मूल्य रू. ४२ ले घटेर रू. ३८२ मा कारोबार भइरहेको छ । यो समाचार तयार पार्दासम्म कम्पनीको ४ हजार ९०५ कित्ता शेयर खरीदविक्री भएको छ । कम्पनीले लकडाउन बीचमा शेयर सूचीकरण गरेको थियो ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले उक्त कम्पनीको शेयर मूल्य पहिलो कारोबारको लागि रू. ४२४ तोेकेको थियो ।
मार्केट डेप्थ अनुसार सो कम्पनीको शेयरमा बिक्रीचाप बढी देखिएको छ भने खरिदचाप शून्य रहेको छ।