ललितपुर । ललितपुरको एक साढे दुई वर्षको बालकमा कोरोना पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको पुष्टि गरेका हुन् ।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार ती बालकको स्थायी घर काठमाडौं जिल्ला काठमाडौं महानगरपालिका वडा नं. १३ कालीमाटी भएपनि विगत लामो समयदेखि ललितपुर–२५ भैसेपाटी बस्दै आएको जानकारी दिए ।
उनको कन्ष्ट्राक ट्रेसिङको कार्य भैरहेको छ । बालकको स्वास्थ्य अवस्था समान्य रहेको छ । पाटन हस्पिटलमा स्वाब संकलन गर्दा पोजिटिभ आएको गेलालले जानकारी दिए । गेलालले भने, ‘ती बालकमा ब्रेन ट्युमरको समस्या देखिएको छ ।’ हस्पिटलमा राख्ने की सेल्फ क्वारेन्टिनमा राखेर उपचार गर्ने भन्ने बारे छलफल भैरहेको गेलालले जानकारी दिए ।
आज भक्तपुरमा १ जना, काठमाडौंमा ६ जना र ललितपुरमा १ जनालाई कोरोना भाइरसको संक्रमण भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।