Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौं उपत्यकाका ८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकाका ८ जनामा कोरोना संक्रमण पुष्टि

दैनिकी न्यूज

१५, आषाढ २०७७
काठमाडौं उपत्यकाका ८ जनामा कोरोना संक्रमण पुष्टि
images

काठमाडौं । सोमबार काठमाडौं उपत्यकामा ८ जनामा कोरोना संक्रमण देखिएको छ । काठमाडौं जिल्लामा ६ जना तथा ललितपुर र भक्तपुरमा एक÷एक जनामा कोरोना संक्रमण देखिएको छ ।

गत २४ घण्टामा नेपालमा थप ४ सय ७६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सोमबारको नियमित पत्रकार सम्मेलनमा ४७६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् ।

संक्रमितमा ११२ जना महिला र ३६४ जना पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार २४८ पुगेको गौतमले जानकारी दिए ।

यो वृद्धिसँगै सोमवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या १३ हजार २४८ पुगेको छ । तीमध्ये ३ हजार १३४ जना निको भएका छन् भने २९ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

images
प्रकाशित मिति :आषाढ १५, २०७७ सोमवार - १७:४५:४५ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology