Logo

सोमवार, श्रावण २५ गते २०८३

images

लकडाउन साउन ७ सम्म थप्ने मन्त्रिपरिषदको निर्णय

लकडाउन साउन ७ सम्म थप्ने मन्त्रिपरिषदको निर्णय

दैनिकी न्यूज

१५, आषाढ २०७७
लकडाउन साउन ७ सम्म थप्ने मन्त्रिपरिषदको निर्णय
images

काठमाडौं । मन्त्रिपरिषद बैठकले हाल कायम रहेको लकडाउनको अवधि साउन ७ गतेसम्म थप गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको बैठकले अहिलेकै अवस्थाको लकडाउनलाई सो मितिसम्म निरन्तरता दिने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।

कोरोना संक्रमणको दर बढ्दै गएकाले अहिलेलाई यही शैलीको लकडाउनलाई साउन ७ सम्म निरन्तरता दिने निर्णय भएको उनले बताए। ‘स्वास्थ्य सतर्कता अपनाउन जरुरत रहेकाले यथास्थितिको लकडाउनलाई लम्ब्याइएको हो’ उनले भने।

सरकारले यसअघि असार १ देखि लागू हुनेगरी लकडाउनलाई खुकुलो बनाएको थियो। जसअनुसार निजी सवारीसाधन जोर विजोर प्रणालीबाट सञ्चालन भइरहेका छन् भने सार्वजनिक सवारीसाधन तथा उद्दारबाहेकका हवाई उडान बन्द छन्।

त्यस्तै सीमित बजार पसलहरु सञ्चालन भए पनि भीडभाड हुने सिनेमा हल, सपिङ मल, शैलुन, पार्लर, विद्यालयजस्ता क्षेत्रहरु बन्द अवस्थामा छन्। कोरोनाभाइरसका कारण गत चैत ११ गतेदेखि लागू हुनेगरी लकडाउन घोषणा गरिएको हो।

त्यस्तै काठमाडौं उपत्यका भित्रन सिफारिस अनिवार्य गर्ने निर्णय गरेको छ। अब अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिवद्धतासहित स्थानीय तहबाट सिफरिस लिएर आउनेलाई मात्रै उपत्यका भित्रिन दिने निर्णय गरेको छ। सो निर्णय हवाई तथा स्थलमार्गबाट आउने सबैमा लागू हुनेछ।

images
प्रकाशित मिति :आषाढ १५, २०७७ सोमवार - २१:२६:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology