काठमाडौं । गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विहान सार्वजनिक गरेको तथ्यांक अनुसार कास्कीका ८ जना तनहुँका ५ जना, लमजुङका ३ जना र स्याङ्जाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको छ। थपिएका १७ जनासँगै गण्डकी प्रदेशमा संक्रमतिको संख्या ९६६ पुगेको छ।
