Logo

सोमवार, श्रावण २५ गते २०८३

images

कोरोना कोषबाट एकैपटक साढे ५५ करोड बढी निकासा

कोरोना कोषबाट एकैपटक साढे ५५ करोड बढी निकासा

दैनिकी न्यूज

१६, आषाढ २०७७
कोरोना कोषबाट एकैपटक साढे ५५ करोड बढी निकासा
images

काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट एकैपटक साढे ५५ करोड रुपैयाँभन्दा बढी झिकेर खर्च गरेको छ ।

९ असारमा बसेको कोष सञ्चालन समितिको सिफारिसबमोजिम महालेखा नियन्त्रक कार्यालयले ५५ करोड ६३ लाख रुपैयाँ निकासा गरेको हो ।

कोष सञ्चालक समितिका अध्यक्ष तथा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा। पुष्पराज कँडेलको अध्यक्षतामा बसेको सञ्चालक समितिको सातौं बैठकको निर्णयअनुसार महालेखा नियन्त्रक कार्यालयले सो रकम निकासा गरेको हो । यो समाचार आजको राजधानी दैनिकमा छ ।

images
प्रकाशित मिति :आषाढ १६, २०७७ मंगलवार - ०७:४३:३७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology