काठमाडौं । बजार खुलेदेखि नै उच्च रुपले बढेको नेप्से सूचक ६ प्रतिशतले बढेपछि आजको लागि शेयर कारोबार बन्द भएको छ।
सोमबारको कारोबारमा दोहोरो अंकले घटेको नेप्से परिसूचक आज ३ पटक सकारात्मक सर्किट लागेर बन्द भएको हो ।
बजार खुलेको दुई घण्टामा नेप्से सूचक ६ प्रतिशत अर्थात ७२.०५ अंकले बढेर १२६०.७५ विन्दुमा पुगेको छ। आज कारोबारमा आएका १३४ कम्पनीका ४ लाख ८९ हजार ५ सय ३७ कित्ता शेयर खरिद बिक्रिबाट २२ करोड ७२ लाख १२ हजार १ सय ९४ रुपैयाँको कारोबार भएको छ ।
यसअघि बजार खुलेको ४८ मिनेटमा नेप्से सूचक ४ प्रतिशतले बढेपछि २० मिनेटको लागि शेयर कारोबार बन्द भएको थियो। भने एक घण्टा १७ मिनेट बजार ५ प्रतिशतले बढेपछि ४० मिनेटको लागि कारोबार स्थगन भएको थियो।
यस दिन कारोबारमा आएका १२ वटा उपसमुहमध्य दुईवटा उपसमुहका सूचक नकारात्मक देखिएका छन भने बाँकी सबै उपसमुहका सूचक सकारात्मक देखिएका छन्।
यस दिन २१ वटा कम्पनीको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ भने ६ वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ।

आज २१ कम्पनीको शेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढ्दा पुनर्बिमा कम्पनी र ओरियन्टल होटेलको शेयर मूल्य भने ९ प्रतिशत भन्दा धेरैले घटेको छ ।
