Logo

सोमवार, श्रावण २५ गते २०८३

images

काठमाडौं उपत्यकामा १४ सहित विभिन्न जिल्लामा थपिए ३१६ जना संक्रमित

काठमाडौं उपत्यकामा १४ सहित विभिन्न जिल्लामा थपिए ३१६ जना संक्रमित

दैनिकी न्यूज

१६, आषाढ २०७७
काठमाडौं उपत्यकामा १४ सहित विभिन्न जिल्लामा थपिए ३१६ जना संक्रमित
images

काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ७११ जनामा पिसीआर परीक्षणमा ३१६ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । मंगलबार थपिनेमा ७१ महिला र २ सय ४५ पुरुष गरी ३ सय १६ जना छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १३ हजार ५ सय ६४ पुगेको छ । जसमा महिला १ हजार ६५७ र पुरुष ११ हजार ९०७ जना रहेका छन् ।

आज काठमाडौंमा १२ जना, भक्तपुरमा १ र ललितपुरमा १ जना कोरोना संक्रमित देखिएको छ ।

मन्त्रालयका अनुसार मंगलबार देशभर ५७ हजार ७० जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल १० हजार ३४१ जना आइसोलेसनमा उपचाररत रहेका छन् ।

पछिल्लो २४ घण्टाका अवधिमा पुरुष ५१ र ९ महिलासहित ६० जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ३ हजार १९४ जना पुगेको छ । जसमा २७७ जना महिला रहेका छन् भने २ हजार ९१७ जना पुरुष रहेका छन् ।

नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या २९ पुगेको छ ।

images
प्रकाशित मिति :आषाढ १६, २०७७ मंगलवार - १६:३८:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology