Logo

सोमवार, श्रावण २५ गते २०८३

images

उपत्यकामा मंगलबार एकै दिन थपिए १४ कोरोना संक्रमित, कुन जिल्लामा कति ?

उपत्यकामा मंगलबार एकै दिन थपिए १४ कोरोना संक्रमित, कुन जिल्लामा कति ?

दैनिकी न्यूज

१६, आषाढ २०७७
उपत्यकामा मंगलबार एकै दिन थपिए १४ कोरोना संक्रमित, कुन जिल्लामा कति ?
images

काठमाडौं । उपत्यकामा थप १४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लोे २४ घण्टामा काठमाडौं उपत्यकामा १४ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् ।

प्रवकता डा. गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका दुई पुरुष र भक्तपुरका एक महिला, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एक महिला, ललितपुरका एक पुरुष र त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ४ महिला र ५ पुरुष रहेका छन् ।

योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । जसमा ३ हजार १ सय ९४ जना रहेका छन् ।

मन्त्रालयका अनुसार मंगलबार देशभर ५७ हजार ७० जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल १० हजार ३४१ जना आइसोलेसनमा उपचाररत छन् । ४ हजार ७११ जनामा पिसीआर परीक्षण गरिएको छ ।

पछिल्लो २४ घण्टाका अवधिमा पुरुष ५१ र ९ महिलासहित ६० जनाले कोरोना भाइरसलाई जितेर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ३ हजार १९४ जना पुगेको छ । जसमा २७७ जना महिला रहेका छन् भने २ हजार ९१७ जना पुरुष रहेका छन् ।

नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या २९ पुगेको छ ।

images
प्रकाशित मिति :आषाढ १६, २०७७ मंगलवार - १६:५४:३० बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology