ललितपुर । ललितपुरको ललितपुर महानगरपालिका वडा नं. १४ नख्खिपोटका २८ वर्षको पुरुषमा कोरोना पोजिटिभ देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमति प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले कोरोनाको पुष्टि गरेका हुन् ।
स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार ती पुरुष असार ११ गते कतारबाट नेपाल आएका थिए । उनी सिनामंगलको एक होटलमा बसेका थिए । असार १४ गते ती पुरुषमा ज्वरोपाएपछि पाटन हस्पिटलमा कोरोना चेकजाँच गर्न आएका थिए । आज उनका कोरोना पुष्टि भएको गेलाले बताए । उनले भने, ‘ती पुरुष कतै पनि गएको दैखिदैन ।’ कन्ष्ट्राक ट्रेसिङ गर्नु नपर्ने गेलालले बताए ।
ती पुरुषको स्वास्थ्य अवस्था समान्य रहेको छ । ती पुरुष शशस्त्र प्रहरीको हस्पिटल बलम्बुको आइसोलेसनमा भर्ना भएको डा. गेलालले बताए ।
उपत्यकामा मंगलबार एकै दिन थपिए १४ संक्रमित
उपत्यकामा थप १४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लोे २४ घण्टामा काठमाडौं उपत्यकामा १४ जना कोरोना संक्रमित थपिएको पुष्टि गरेका हुन् ।
प्रवकता डा. गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका दुई पुरुष र भक्तपुरका एक महिला, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एक महिला, ललितपुरका एक पुरुष र त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ४ महिला र ५ पुरुष रहेका छन् ।
योसंगै नेपालमा कोरोना भाइरसको संक्रमितको संख्या १३ हजार ५६४ पुगेको छ । जसमा ३ हजार १ सय ९४ जना रहेका छन् ।