काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बुधबार बढेको छ । मंगलबार छापावाल सुन प्रतितोला ९१ हजार २ सयमा कारोबार भएकोमा आज तोलामा ५ सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ ।
सुनको भाउ निरन्तर उकालो लाग्ने क्रममा हिजो मंगलबार ब्रेक लागेको थियो। हिजो तोलामा १०० रुपैया घटेर प्रतितोला छापावाल सुन ९१ हजार २०० रुपैयाँ र तेजाबी सुन ९० हजार ७६५ रुपैयाँ कायम भएको थियो।

महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार ७ सय रहेको छ भने तेजावी सुन प्रतितोला ९१ हजार २ सय ६५ रुपैयाँ रहेको छ । त्यस्तै, आज चाँदीको मूल्य पनि १५ रुपियाँले बढेको छ । बुधबार चाँदी प्रतितोला ९६० रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।