काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) बजार खुलेको १३ मिनेटमै नेप्से सूचक ४ प्रतिशत बढेपछि शेयर कारोबार २० मिनेटको लागि स्थगन गरिएको छ।
बजार खुलेदेखि नै उच्च रुपले बढ्न थालेको नेप्से सूचक १३ मिनेटमा नै ४ प्रतिशत अर्थात ५० अंकले बढेको छ।
यस अवधिमा नेप्से सूचक ५०.१८ अंकले बढेर नेप्से १३१०.९३ विन्दुमा पुगेको छ भने १४ करोड ३९ लाख२० हजार ५७५ रुपैयाँ बराबरको कारोबार भएको छ ।
