काठमाडौं । सांसद ज्ञानकुमारी छन्त्यालको उपचारका क्रममा काठमाण्डौमा निधन भएको छ ।
छन्त्यालको आज बिहान निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ का सभापति द्रोण कुँवरले जानकारी दिए ।
लामो समयदेखि मुटु रोगबाट ग्रसित ६६ वर्षीया छन्त्याल गङ्गालाल हृदयकेन्द्रमा करीब एक महिनादेखि उपचाररत थिए । कांग्रेसका तर्फबाट समानुपतिक सांसद उनी दोस्रो संविधानसभामा बागलुङ क्षेत्र नं ३ बाट निर्वाचित संविधानसभा सदस्यसमेत थिए । रासस