Logo

सोमवार, श्रावण २५ गते २०८३

images

ललितपुर परिसरको नवनिर्मित व्यारेकको उद्घाटन

ललितपुर परिसरको नवनिर्मित व्यारेकको उद्घाटन

दैनिकी न्यूज

१७, आषाढ २०७७
ललितपुर परिसरको नवनिर्मित व्यारेकको उद्घाटन
images

ललितपुर । प्रहरी महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीद्वारा महानगरीय प्रहरी परिसर ललितपुरको हाताभित्र नवर्निमित व्यारेक भवनको एक समारोहबीच आज उदघाटन गरेका छन् ।

राष्ट्रिय पुनःर्निर्माण प्राधिकरण कोषको सहयोगमा निर्माण भएको उक्त भवनको समुदघाटन गर्दै ज्ञवालीले पिडा, अन्याय र अत्याचारमा परेका सम्पूर्ण नागरिकको सारथी नेपाल प्रहरी रहेको आँैल्याए । उनले भने, ‘मुलुकको समृद्धिका लागि सुरक्षा एक अपरिहार्य तत्व रहेको हुँदा आ–आफ्नो काममा प्रतिवद्ध भएर लागिरहेका छाँै ।” गत २०७२ साल वैशाख १२ गतेको भूकम्पले कयौँ प्रहरी कार्यालयको भवनमा क्षती पु-याई त्रिपाल र जिर्ण भवनमा हालसम्म प्रहरीहरु रहन बाध्य भएका ज्ञवालीले चर्चा गरे । ‘ऐतिहासिक र पुरातात्विक महत्व रहेको ललितपुर जिल्लाका कला कौशल, संस्कृति र परम्पराको विशिष्ट स्थान रहेको चर्चा गर्दै प्रहरी महानिरीक्षक ज्ञवालीले यस विशिष्ट क्षेत्रको मौलिकता र महत्वलाई सदा जीवन्त राख्न भरपर्दो शान्ति सुरक्षाको ठुलो महत्व छ ।’ उनले भने । आम नागरिकको साथ, सहयोग र सहकार्यमा जुनसुकै अपराध कर्मको संजाल छिन्न–भिन्न पार्दै अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन प्रहरी दृढ रहेको उनले बताए ।

 

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले शुभकामना मन्तव्य व्यक्त गर्दै महानगर क्षेत्रमा देखिएका चुनौती तथा समस्याहरु समाधानको लागि महानगरपालिकाले प्रहरीसँग सदैव समन्वय र हातेमालो गर्दै आगाडि बढेको बताए । नयाँ भवन हस्तान्तरण भएसँगै आगामी दिनमा त्यसको उचित मर्मत सम्भारमा समेत आवश्यक ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

सो अवसरमा ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टले प्रविधिको विकास सँगसँगै समाजको गतिशिलता अनुसार नेपाल प्रहरीले आफूलाई परिवर्तन गर्दै लगेमा जनमुखी प्रहरी सेवा प्रवाहमा आफ्नो काम कारवाही गर्न सहजता हुने विश्वास व्यक्त गरे । आधुनिकिकरणसँगै नेपाल प्रहरीप्रति आमनागरिकको अपेक्षा बढेको उल्लेख गर्दै नेपाल प्रहरीलाई थप चुस्तदुरुस्त बनाउन समग्र पुर्वाधारमा सशक्तिकरण गर्नेतर्फ सबैको पहल आवश्यक रहेको बताए ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले धन्यवाद ज्ञापन गर्नुभएको उक्त कार्यक्रममा महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक टेक प्रसाद राईले स्वागत मन्तब्य व्यक्त गरेका थिए ।

प्रहरी निरीक्षक ई. रोशन सारुले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्दै राष्ट्रिय पुनः निर्माण प्राधिकरण कोषको सहयोगमा २ हजार १ सय ६० वर्गमिटर क्षेत्रफलमा निर्मित २४ कोठे उक्त भवन कुल ८ करोड ३१ लाख १० हजार ३ सय ९ रुपैयाँ १३ पैसाको लागतमा निर्माण कार्य सम्पन्न भएको जानकारी दिए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षकहरु, जिल्लास्थित स्थानीय सुरक्षा निकायका प्रमुखहरु, स्थानीय तहका प्रतिनिधिहरु, स्थानीय संचारकर्मीहरु, समाजसेवी, बुद्धिजिबी, भद्रभलादमी लगायतको उपस्थिति रहेको थियो ।

lalitpur-police.jpg

images
प्रकाशित मिति :आषाढ १७, २०७७ बुधवार - १३:४१:१७ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology