काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ८८६ जनामा पिसीआर परीक्षणमा ४८२ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । बुधबार थपिनेमा ११७ महिला र ३ सय ६५ पुरुष गरी ४ सय ८२ जना छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ४६ पुगेको छ ।
आज काठमाडौंमा १० जना, भक्तपुरमा २ र ललितपुरमा ५ जना कोरोना संक्रमित देखिएको छ । मन्त्रालयका अनुसार बुधबार देशभर ४८ हजार ३६२ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल ९ हजार ३६० जना आइसोलेसनमा उपचाररत रहेका छन् । आज
नेपालमा डिस्चार्ज हुनेको संख्या ४ हजार ६५६ जना पुगेको छ । आजसम्म २ लाख ३३ हजार २२७ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ ।
नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या २९ पुगेको छ ।