Logo

सोमवार, श्रावण २५ गते २०८३

images

यी हुन्, ललितपुरमा आज देखिएका पाँच संक्रमित, अल्का हस्पिटलको स्वास्थकर्मी पनि संक्रमित

यी हुन्, ललितपुरमा आज देखिएका पाँच संक्रमित, अल्का हस्पिटलको स्वास्थकर्मी पनि संक्रमित

दैनिकी न्यूज

१७, आषाढ २०७७
यी हुन्, ललितपुरमा आज देखिएका पाँच संक्रमित, अल्का हस्पिटलको स्वास्थकर्मी पनि संक्रमित
images

ललितपुर । ललितपुरका पाँच जनामा कोराना भाइरस (कोभिड १९) भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले नियमित प्रेस ब्रिफिङमा ५ जना संक्रमित भएको पुष्टि गरेका हुन् । संक्रमितहरुमा ४ महिला र १ पुरुष जना रहेको गौतमले बताए ।

स्वास्थ कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार आज देखिएका संक्रमितहरुमा गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँका ६६ वर्षिय पुरुष, महालक्ष्मी नगरापलिका वडा नं. ८ लुभुका २३ वर्षको महिला रहेका छन् ।

त्यस्तै ललितपुर महानगरपालिका वडा नं. १५ सातदोबाटोका ३४ वर्षिय महिला, ललितपुर महानगरपालिका वडा नं १४ थसीखेलका ३३ वर्षिय महिला र ललितपुर महानगरपालिका वडा नं. २३ हात्तीवनका २४ वर्षिय महिला रहेका छन् । सातदोबाटोमा भेटिएका संक्रमित अल्का हस्पिटलमा स्वास्थ्यकर्मी रहेको डा।गेलालले बताए ।

पाँचैजनालाई ललितपुरको पाटन अस्पताल राखिएको छ । अस्पतालको कोभिड वार्डको आइसोलेसनमा राखेर उपचार भइरहेको डा. गेलालले जानकारी दिए ।

images
प्रकाशित मिति :आषाढ १७, २०७७ बुधवार - १६:५०:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology