काठमाडौं । काठमाडौं उपत्यकामा बुधबार १७ जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ता जागेश्वर गौतमका अनुसार काठमाडौंका १० जनालाई कोरोना पुष्टि भएको छ । जसमा ५ पुरुष र ५ महिला छन् । यस्तै भक्तपुरकी १ महिला र १ पुरुष हुनुहुन्छ भने ललितपुरका १ पुरुष र ४ महिला छन् ।
मंगलबार पनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा काठमाडौंका दुई पुरुष र भक्तपुरका एक महिला, पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका एक महिला, ललितपुरका एक पुरुष र त्रिभुवन विश्वविद्यालयको शिक्षण अस्पताल महाराजगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौंका ४ महिला र ५ पुरुष रहेका थिए ।