Logo

आइतवार, श्रावण २४ गते २०८३

images

पेट्रोलियम पाइप लाइन, सर्भे अन्तिम चरणमा

पेट्रोलियम पाइप लाइन, सर्भे अन्तिम चरणमा

दैनिकी न्यूज

१८, आषाढ २०७७
पेट्रोलियम पाइप लाइन, सर्भे अन्तिम चरणमा
images

काठमाडौं । नेपाल आयल निगमले अमलेखगञ्जदेखि चितवनको लोथरसम्मको पेट्रोलियम पाइप लाइनका लागि आवश्यक जग्गाको सर्वेक्षण अन्तिम चरणमा पु¥याएको छ । गत आर्थिक वर्षमा निगमले पाइप लाइनको प्रारम्भिक सर्वेक्षण सम्पन्न गरेको थियो भने अहिले जग्गाको सर्भे अन्तिम चरणमा पु¥याएको छ ।

निगमका निर्देशक वीरेन्द्र गोइतका अनुसार हाल पाइप लाइन तथा भण्डारण निर्माणको जग्गाको पूर्ण सर्भे भइरहेको छ । जग्गा सर्भेको नक्सा तयार भएपछि भारत र नेपालको सहसचिव स्तरीय संयुक्त कार्यसमूहलाई बुझाइने छ । गोइत भन्छन्, “पाइप लाइनको सर्भे सकिएको छ भने जग्गाको सर्भे अन्तिम चरणमा छ । सकिएपछि डीपीआर बन्छ, काम अघि बढिरहेको छ । ”

अहिले प्रारम्भिक चरणको तथ्याङ्क लिने र नक्सा लेआउटको काम भइरहेको छ । निगमका अनुसार झापाको चारआलीसम्मको पाइप लाइनको सर्भेको काम पनि सुरु हुँदै छ । जग्गाको सर्भेपछि डीपीआर निर्माणको काम अघि बढ्नेछ । भारतको मोतीहारीबाट अमलेखगञ्जसम्म सञ्चालन भएको पेट्रोलियम पाइप लाइनलाई चिवतनको लोथरसम्म विस्तार गरिने भएको हो ।

६५ किलोमिटर लामो सो पाइप लाइन विस्तारका लागि सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि वार्षिक बजेट विनियोजन गरेको छ । कोरोना महामारीको बन्दाबन्दीले गर्दा फिल्डमा गरिने काम प्रभावित भए पनि स्थगित नभएको निर्देशक गोइतको भनाइ छ । यो समाचार आजको गोरखापत्र दैनिकमा लक्ष्मण दर्नालले लेखेका छन् ।

images
प्रकाशित मिति :आषाढ १८, २०७७ बिहिवार - ०६:४५:३२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology