बारा । बारामा चट्यङ्ग लागेर ४ जना महिलाको मृत्यु भएको छ । बिहीबार बिहानैदेखि परेको अविरल वर्षा र चट्याङ लागेर कलैया उपमहानगरपालिका वडा नम्बर १२ र फेटा गाँउपालिका वडा नम्बर १ मा गरि ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका डिएसी गौतम मिश्रले जानकारी दिए ।
फेटा गाउँपालिका वडा न १ मा चट्याङ लागेर २ जनाको मृत्यु र ७ जना घाइते र कलैया उपमहानगरपालिका वडा नं. १२ का १ जनाको मृत्यू र १ जन घाइते भएको मिश्रको भनाई छ ।
मृत्यू हुनेमा कलैया–१२ का ३५ बर्षिय आसादेवी महतो, ४५ बर्षिय हलिमा खातुन र फेटा गाउँपालिका वडा नं. १ का ३० वर्षकी ईन्दुदेवी महतो, ४० वर्षकी सुनारपति देवी महतो रहेकी छिन ।
घाईतेहरु मध्ये एकजनाको कलैया हस्पिटल र बाँकी ६ जनाको नारायणी अस्पताल लगिएको प्रहरीले जनाएको छ । कलैयामा मृत्यू भएकोलाई पोष्टमार्टमका लागि कलैया अस्पतालमा ल्याइएको छ । फेटामा मृत्यू भएकाको घटनास्थलको मुचुल्का गर्ने कार्य भैरहेको डिएसपी मिश्रले बताए ।