Logo

सोमवार, श्रावण २५ गते २०८३

images

वर्षे संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

वर्षे संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय

दैनिकी न्यूज

१८, आषाढ २०७७
वर्षे संसद अधिवेशन अन्त्य गर्ने मन्त्रिपरिषद्को निर्णय
images

काठमाडौं । सरकारले संघीय संसदको वर्षे अधिवेशन स्थगन गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले संघीय संसदको वर्षे अधिवेशन स्थगन गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।

ती मन्त्रीका अनुसार संसद् अधिवेशन आजै बेलुका पाँच बजेदेखि स्थगन गर्ने निर्णय बैठकले गरेको हो । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले संसद् बैठक अन्त्य गर्ने प्रावधान छ ।

मन्त्रीपरिषद् बैठकअघि राष्ट्रपति भण्डारीसँग भेट गरेका प्रधानमन्त्री ओलीले त्यसलगत्तै मन्त्रीपरिषद् बैठक राखी सो निर्णय गरेका हुन्।

images
प्रकाशित मिति :आषाढ १८, २०७७ बिहिवार - १३:११:०६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology