ललितपुर । गोदावरी नगरपालिका वडा नं. ११ चापागाउँमा कोरोना संक्रमित भेटिएसँगै नगरपालिकाले वडा सिल गर्ने निर्णय गरेको छ ।
गोदावरी नगरपालिका वडा नं. ११ मा बुधबार एक ६६ वर्षिय पुरुषमा कोरोना संक्रमण भएको पुष्टि भएसँगै वडाका अन्य ठाउँमा पनि संक्रमण फैलिन सक्ने भन्दै नगरपालिकाले सिल गर्ने निर्णय गरेको हो ।
गोदावरी नगरपालिकाका प्रमुख गजेन्द महर्जनद्वारा हस्ताक्षरित विज्ञप्तिमा चापागाउँ एरियामा संक्रमित भेटिएको हुँदा उक्त एशियाका सम्पूर्ण नागरिकहरुको सुरक्षाको लागि संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुको आज परीक्षण गर्ने कार्य भैरहेको र उक्त परीक्षणको रिपोर्ट नआउदासम्म वडा नं. १० वडा कार्यालयलदेखि वडा नं. ११ को झ्यालीपाटीसम्मका सम्पूर्ण बजार आज दिउसोदेखि पूर्ण बन्द गर्ने उल्लेख छ । संक्रमण समेत फैलनक्रम बढ्दै गैरहेको हुँदा अत्यावश्यक काम बाहेक बाहिर ननिस्की थोकथामको लागि सहयोग गरिदिन गोदावरी नगरपालिकाले नगरवासीसँग अनुरोध गरेको छ ।
