Logo

सोमवार, श्रावण २५ गते २०८३

images

४ कम्पनीको ४३ करोड ८१ लाख बराबरको शेयर नेप्सेमा सूचीकृत

४ कम्पनीको ४३ करोड ८१ लाख बराबरको शेयर नेप्सेमा सूचीकृत

दैनिकी न्यूज

१८, आषाढ २०७७
४ कम्पनीको ४३ करोड ८१ लाख बराबरको शेयर नेप्सेमा सूचीकृत
images

काठमाडौं । बिहीबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ४ कम्पनीको ४३ करोड ८१ लाख २७ हजार रुपैयाँ बराबरको बोनश शेयर सूचीकृत भएको छ ।

नेप्सेका अनुसार सृजना फाइनान्स, आरइसडिसी लघुवित्त, सिन्धु विकास बैंक र सानिमा माइ हाईड्रोको गरी ४३ लाख ८१ हजार २७१ कित्ता बोनश नेप्सेमा थपिएको हो।

नेप्सेमा सानिमा सानिमा माइ हाईड्रोको २३ लाख २१ हजार, सृजना फाइनान्सको ११ लाख ५ हजार ८७६ दशमलव ८० कित्ता, सिन्धु विकास बैंकको ५ लाख ७४ हजार २८७ दशमलव ५० कित्ता र आरएसडिसी लघुवित्तको ३ लाख ८० हजार १०७.२० कित्ता बोनश शेयर सूचीकृत भएको नेप्सेले जनाएको छ । शेयर लगानीको डिम्याट खातामा आएपछि उक्त शेयर किनबेच गर्न पाइनेछ ।

images
प्रकाशित मिति :आषाढ १८, २०७७ बिहिवार - १५:०४:३६ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology