Logo

आइतवार, श्रावण २४ गते २०८३

images

काठमाडौं उपत्यकामा १ सय २२ जना कोरोनाबाट संक्रमित

काठमाडौं उपत्यकामा १ सय २२ जना कोरोनाबाट संक्रमित

दैनिकी न्यूज

१८, आषाढ २०७७
काठमाडौं उपत्यकामा १ सय २२ जना कोरोनाबाट संक्रमित
images

काठमाडौं । बढी जनघनत्व तथा संघीय राजधानी भएकोले काठमाडौं उपत्यकालाई सबैले विशेष रुपमा हेर्ने गरिएको छ । सरकारले उच्च सावधानी अपनाए तापनि उपत्यकाका ३ जिल्लामै हालसम्म कोरोना भाइरस (कोभिड–१९) बाट १ सय २२ जना संक्रमित पुगिसकेको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा टेकुले जनाएको छ ।

केही दिनयता काठमाडौं उपत्यकामा संक्रमितको संख्या बढिरहेको पाइएको छ । बुधबार मात्रै उपत्यकामा १७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसअनुसार काठमाडौंमा १०, ललिपुरमा ५ र भक्तपुरमा २ जनामा सक्रमित थपिएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको थियो ।

वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार काठमाडौंमा ८१, ललितपुरमा १५ र भक्तपुरमा २६ जनामा संक्रमण पुष्टि भएको तथ्यांक छ ।

25.PNG
त्यस्तै काठमाडौंमा ४ हजार ९११ जना, ललितपुरमा २ हजार १ र भक्तपुरमा १ हजार ६४८ जनामा पिपिअर विधिबाट परीक्षण गरेको छ । त्यस्त आरडिटी विधिबाट परीक्षण गर्दा काठमाडौंमा ३ सय जना, ललितपुरमा ४८ जना र भक्तपुरमा १३ जनामा पोजिटिभ देखिएको छ ।

 

images
प्रकाशित मिति :आषाढ १८, २०७७ बिहिवार - १५:५०:०३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology