काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ५३७ जनामा पिसीआर परीक्षणमा ४७३ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना अपडेटबारे नियमित प्रेस ब्रिफिङमा यस्तो जानकारी दिएको हो । बिहीबार थपिनेमा १०९ महिला र ३ सय ६४ पुरुष गरी ४ सय ७३ जना छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ । जसमा पुरुष १२ हजार ६३६ जना र महिला १ हजार ८८३ जना रहेका छन् ।
त्यस्तै आज ललितपुरका २ पुरुष, भक्तपुरका २ पुरुष र काठमाडौंका १७ महिला र ११ पुरुष पुष्टि भेटिएको छ ।
मन्त्रालयका अनुसार बिहीबार देशभर ३८ हजार १०९ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै कुल १० हजार १३७ जना आइसोलेसनमा उपचाररत रहेका छन् । आज
आज ६ सय ६४ जना डिस्चार्ज भएका छन् । योसँगै नेपालमा डिस्चार्ज हुनेको संख्या ५ हजार ३२० जना पुगेको छ । आजसम्म २ लाख ३७ हजार ७६४ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको छ ।
नेपालका ७७ जिल्लामा कोरोना भाइरसको संक्रमण फैलिएको छ ।