Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ललितपुरको सिद्धिपुरमा पनि देखियो कोरोना !

ललितपुरको सिद्धिपुरमा पनि देखियो कोरोना !

दैनिकी न्यूज

१८, आषाढ २०७७
ललितपुरको सिद्धिपुरमा पनि देखियो कोरोना !
images

ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं. ६ सिद्धिपुरमा पनि कोरोना संक्रमित भेटिएको छ ।

सिद्धिपुरका ३० वर्षिय पुरुषमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ ।

स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार ती पुरुष असार १३ गते साउदीबाट नेपाल आएका थिए ।

ती पुरुष सिद्धिपुर पार्टी प्यालेसको क्वारिन्टिनमा बस्दै आएका वडाअध्यक्ष बासु महर्जनले जानकारी दिए ।

उनलाई अहिले पाटन हस्पिटलको कोभिड वाडमा पठाउने तयारी भैरहेको उनले बताए । यस अघि ललितपुरमा १५ जनामा कोरोना पोजिटिभ भएको बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

images
प्रकाशित मिति :आषाढ १८, २०७७ बिहिवार - १६:४६:१८ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology