Logo

आइतवार, श्रावण २४ गते २०८३

images

दुई दिनमा ललितपुरमा ८ कोरोना संक्रमित थपिए, संक्रमित संख्या १८ पुग्यो

दुई दिनमा ललितपुरमा ८ कोरोना संक्रमित थपिए, संक्रमित संख्या १८ पुग्यो

दैनिकी न्यूज

१८, आषाढ २०७७
दुई दिनमा ललितपुरमा ८ कोरोना संक्रमित थपिए, संक्रमित संख्या १८ पुग्यो
images

ललितपुरमा । बुधबार र बिहीबार लतिलपुरमा ८ जना कोरोना भाईरस (कोभिड–१९) संक्रमित थपिएका छन् ।

विहीबार महालक्ष्मी नगरपालिका वडा नं. ६ सिद्धिपुर ३० वर्षिय पुरुषमा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य मन्त्रालयले यसको पुष्टि गरेको छ । स्वास्थ्य कार्यालय ललितपुरका प्रमुख डा. खगेश्वर गेलालका अनुसार ती पुरुष असार १३ गते साउदीबाट नेपाल आएका थिए ।

त्यस्तै बुधबार ललितपुरमा ३ स्वास्थ्यकर्मीसहित अन्य ४ गरी ७ जनामा कोरोना पुष्टि भएको भएको छ । डा. गेगालका अनुसार बुधबार भेटिएका संक्रमितहरुमा ५ जना महिला र २ जना पुरुष रहेका छन् । उनले भने, ‘संक्रमितहरु अल्का हस्पिटलका दुई जना स्वास्थ्यकर्मी, एक जना विरामी र क्यान्सर हस्पिटलका एक स्वास्थ्यकर्मी रहेका छन् ।’ लकडाउन खुकुलो भएसँगै मनिसहरुको आवतजावत बढेकोले संक्रमितहरु बढेको उनको दाबी छ ।

बुधबार थपिएका संक्रमितहरुमा ललितपुर–१४ थसिखेल बस्ने वर्ष २७ को पुरुष रहेका छन् । उनी पेटको आन्द्रमा पानी जमेर उपचार गर्न अल्का हस्पिटलमा गएका थिए । स्वाब संकलन गरी परीक्षण गर्दा कोरोना पुष्टि भएको हो ।

त्यस्तै सप्तरी राजविराज घई भई हाल ललितपुर–१४ थसिखेल बस्ने वर्ष ३१ र खोटाङ जिल्ला घर भई हाल ललितपुर–१५ सातदोबाटो बस्ने वर्ष ३४ की महिला पनि कोरोना पोजिटिभ देखिएको छ । दुवै जना अल्का हस्पिटलका स्वास्थ्यकर्मी रहेको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

बुधबार थपिएका संक्रमितमा गोदावरी–११ चापागाउँका ६६ वर्षिय पुरुष, महालक्ष्मी–८ लुभुका २३ वर्षको महिला पनि रहेका छन् । ती २३ वर्षिय महिला ज्वरो आई बयोधा हस्पिटलमा चेकजाँच गराउदा कोरोना पुष्टि भएको हो ।

ललितपुर–२३ हात्तीवनका २४ वर्षिय महिला पनि कोरोना पुष्टि भएको छ । उनी क्यान्सर हस्पिटलका हरिसिद्धिका स्वास्थ्यकर्मी रहेका छन् । त्यस्तै ललितपुरको नखीपोटका ३३ वर्षिय गर्भवती महिलामा पनि कोरोना देखिएको थियो ।

उपत्यकामा बाहिर गएका मानिस भित्रन थालिएसँगै कोरोनाको जोखिम बढेको गेलालको दाबी छ ।

यसअघि ललितपुरमा १० जनामा कोरोना पोजिटिभ देखिएकोमा २ जनाको मृत्यू भएको छ । मृत्यू हुनेका बुंगमतीको ५७ वर्ष र टीकाथलीका ५० वर्षका पुरुष रहेका छन् ।

images
प्रकाशित मिति :आषाढ १८, २०७७ बिहिवार - १७:२४:४१ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology