Logo

आइतवार, श्रावण २४ गते २०८३

images

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो

दैनिकी न्यूज

१८, आषाढ २०७७
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ पुग्यो
images

काठमाडौं । नेपालमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमका अनुसार बिहीबार ४९ दिने शिशुको मृत्यु भएसँगै संक्रमितको संख्या ३१ पुगेको हो।

मन्त्रालयका अनुसार घाँटीमा समस्या देखिएपछि अस्पताल असार ९ गते भर्ना भएका शिशुको शल्यक्रियाअघि पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको थियो । म्याग्दीका ती शिशुको कोरोनाकै कारण मृत्यु भएपछि उनका आमा, बुवा र फुपूको स्वाब संकलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको छ । शिशुको श्वासप्रश्वासमा समस्या देखिएपछि सोमबार उनको घाँटीको शल्यक्रिया गरिएको थियो ।

नेपालमा कोरोना संक्रमितको संख्या १४ हजार ५१९ पुगेको छ। त्यस्तै हालसम्म कोरोना जित्नेको संख्या ५ हजार ३२० पुगेको छ।

images
प्रकाशित मिति :आषाढ १८, २०७७ बिहिवार - २१:३६:२२ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology