Logo

सोमवार, श्रावण २५ गते २०८३

images

बलात्कारको झूटो जाहेरी दिनेलाई एक महिना कैद, ६३ हजार जरिवाना

बलात्कारको झूटो जाहेरी दिनेलाई एक महिना कैद, ६३ हजार जरिवाना

दैनिकी न्यूज

१९, आषाढ २०७७
बलात्कारको झूटो जाहेरी दिनेलाई एक महिना कैद, ६३ हजार जरिवाना
images

काठमाडौँ । आफूमाथि बलात्कारको प्रयास भएको भनी झूटो जाहेरी दिने एक किशोरीलाई जिल्ला अदालत चितवनले एक महिना कैद र पीडितलाई ६३ हजार रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको छ । झूटो जाहेरी दिएकी ती युवतीले अदालतमा उपस्थित भएर बकपत्र गर्ने क्रममा जाहेरीमा भएको व्यहोरा सही नभएको भन्दै आफूमाथि बलात्कारको प्रयास नभएको भनी बयान फेरेकी थिइन् ।

जाहेरीकर्ताको यस्तो व्यवहारले फौजदारी न्याय प्रणालीको दुरुपयोग भएको, अनुसन्धान र अभियोजनका क्रममा राज्यको स्रोतसाधन दुरुपयोग भएको भन्दै न्यायाधीश हेमन्त रावलको इजलासले ती किशोरीलाई एक महिना कैद गर्न फैसला गरेको हो । झूटो अभियोजनका कारण पीडित व्यक्तिले अनाहकमा थुनामा बस्नुपरेको भन्दै प्रतिदिन तीन सय रुपैयाँका दरले २ सय १० दिनको ६३ हजार रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला गरेको हो । त्यसलाई चितवन जिल्ला अदालतले यो फैसलालाई ‘प्रतिकात्मक’ भनेको छ । असार ७ गतेको फैसलाको पूर्णपाठ दुई दिनअघि तयार भएको हो ।

कान्तिपुर दैनिकमा खबर छ ।

images
प्रकाशित मिति :आषाढ १९, २०७७ शुक्रवार - ०५:३६:५९ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology