Logo

आइतवार, श्रावण २४ गते २०८३

images

ओली–प्रचण्डबीच निर्णायक वार्ता, ११ नेताको सहमति सूत्र बोकेर घनश्याम पनि बालुवाटारमा

ओली–प्रचण्डबीच निर्णायक वार्ता, ११ नेताको सहमति सूत्र बोकेर घनश्याम पनि बालुवाटारमा

दैनिकी न्यूज

१९, आषाढ २०७७
ओली–प्रचण्डबीच निर्णायक वार्ता, ११ नेताको सहमति सूत्र बोकेर घनश्याम पनि बालुवाटारमा
images

काठमाडौँ।  सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र देखिएको विवाद समाधानका लागि दुई केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच निर्णायक वार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मध्यान्ह १२ बजेदेखि भएको वार्ता पौने ३ बजेसम्म चलेको थियो । छलफलमा महासचिव विष्णु पौडेल र स्थायी समिति सदस्य जनार्दन शर्मा पनि थिए  ।

पार्टीभित्रको विवाद उत्कर्षमा पुगेको बेला ओली र प्रचण्डबीच विवाद समधानका लागि निर्णायक वार्ता भइरहेको हो । यसैबीच पार्टी फुटको बाटोमा जान लागेको र त्यसलाई रोक्नको लागि भन्दै पार्टीभित्रका ओली, प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पक्षका ११ जना नेताहरुको निष्कर्ष बोकेर कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसाल बालुवाटार जाने तयारीमा रहेका छन् ।

वार्ता र संवादको माध्यमबाट जारी विवाद अन्त्य गरिनुपर्ने, यसअघि एमाले र माओवादी केन्द्र एकता गर्दा भएको सहमति पालना गरेर जानुपर्ने लगायतको निष्कर्ष निकालेर सोही सहमतिको सूत्र बोकेर भुसाल बालुवाटार जान लागेका हुन् । नेकपाको अघिल्लो साताको बुधबारदेखि जारी स्थायी समितिको बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री ओलीको राजीनामा माग भएपछि पार्टी फुटतिर उन्मुख भएको छ । सोही फुट रोक्नको लागि दोस्रो तहका नेता सक्रिय भएका हुन् ।

images
प्रकाशित मिति :आषाढ १९, २०७७ शुक्रवार - १५:३९:२३ बजे

 

दैनिकी न्यूज

Copyright © All right reserved to Dainikee News Site By: SobizTrend Technology