काठमाडौं । कोरोना भाइरसबाट नेपालमा थप एकजनाको मृत्यु भएको छ । जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा नयाँ बानेश्वर बस्ने ८५ वर्षीय एक वृद्ध छन् ।
ती वृद्ध छाती दुखेको र पीसाबमा समस्या भएपछि काठमाडौंको एक निजी अस्पतालमा भर्ना भएकोर अस्पतालको आइसोलेसनमा राखि उपचार गर्दा असार १७ गते राति ११ बजे मृत्यु भएको प्रबक्ता गौतमले जानकारी दिए ।
हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।